काठमाडौं । नेकपा एमालेको गुल्मी जिल्ला कमिटी सदस्य एवं युवा नेता राममल्ल ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
एमालेमा धनाढ्य र विचौलियाहरुको राज हुन थालेको आरोप लगाउँदै ठकुरी पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
सुरुदेखि नै माधवकुमार नेपाल पक्षधर ठहुरी एमाले विभाजन हुँदा अध्यक्ष केपी शर्मा ओलीको अडान ठिक रहेको भन्दै एमालेमै बस्ने निर्णय गरेका थिए ।
‘पार्टी विभाजनको समयमा एमालेका १० भाइले पार्टी एकताका लागि ठिकै गरे भन्ने लागेको थियो, तर उनीहरु विचौलिया रहेछन् भन्ने मलाई लाग्यो,’ ठकुरीले भने, ‘ती १० भाइमध्ये हाम्रो जिल्लाको नेता गोकर्ण विष्ट पनि एक हो ।’