बार्सिलोना र युभेन्ट्सको बराबरी

काठमाडौँ - प्रि-सिजन अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्टसले बराबरी खेलेका छन्। बुधबार बिहान भएको खेलमा बार्सिलोना र युभेन्टसले २-२ गोलको बराबरी खेलेका छन्।

कटन बलमा भएको खेलमा बार्सिलोनाको लागि ओसुमाने डेम्बेलेले २ गोल गर्दा युभेन्टसको लागि मोइसे किनले २ गोल गरेका थिए। खेलको ३४ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा किनले गोल फर्काउँदै युभेन्टसलाई बराबरीमा ल्याएका थिए।

४० औं मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाइ २-१ गोलको अग्रता दिलाए। ५२ औं मिनेटमा किनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २-२ गोलको बराबरीमा ल्याए।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल २-२ गोलको बराबरीमा सकिएको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×