मृत अवस्थामा फेला

काठमाडौं - काठमाडौंको गोकर्णेश्वसर नगरपालिका–२ नयाँपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक हैबुङ घर भएका ४६ वर्षीय चित्र बहादुर तामाङ आफ्नो कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले बस्ने ५८ वर्षीय दुर्बासा केसी सोही ठाउँस्थित सेरा खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत सोमबारदेखि घरबाट हराई बेपत्ता भएका उनको अस्थायी प्रहरी पोष्ट खानीडाँडाबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा शव फेला पारेको हो । 

बाँकेको नरैनापुर गाउँपालिका–४ बडुवास्थित कल्बटमुनी पानी जमेको खल्डोमा भारत श्रावस्ती मल्हीपुर थाना भगरा गाउँ बस्ने ५० वर्षीय बिलाख निसाद बिहीबार मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको पिपरा गाउँपालिका–५ मोहना गाछी बस्ने ८५ वर्षीय विन्देश्वर यादव सोही ठाउँस्थित खेतको आलीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।  

बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बस्ने ५७ वर्षीय कृष्ण बहादुर थापा आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–३२ लाल्टिनबजार बस्ने ४० वर्षीय बुद्धि बहादुर गुरूङ सोही ठाउँस्थित गोरेटो बाटोको भिर मुनि बिहीबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले सोही ठाउँ बस्ने ४ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×