बैतडी। बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। देहिमाडौँबाट जन्ती बोकेर सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नंको जीप करिब साढे ८ बजे दशरथचन्द नगरपालिका–४ को कलुवाड मोडमा दुर्घटना भएको हो।
दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। उनले भने, “कम्तीमा चार जनाको मृत्यु भएको छ, प्रहरी उद्धारमा खटिएको छ।” दुर्घटनामा परेर तीन जना गम्भीर घाइते भएका छन्। मृतक र घाइतेको परिचय खुल्न सकेको छैन।
घाइते र मृतकलाई जिल्ला अस्पताल लगिएको छ। जीप सडकबाट सात सय मिटर तल खसेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। दुर्घटनाको कारण खुल्न सकेको छैन।