लखनउमाथि दिल्ली १९ रनले विजयी

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २०९ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन मात्र बनाएको थियो । यस अघि दिल्लीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । योसँगै दिल्लीले यस सिजनका लिग चरणका सबै १४ खेल खेलेको छ । दिल्ली १४ खेलमा १४ अंकसहित अंकतालिकामा पाँचौं स्थानमा रहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×