आगलागीमा जलेर आमा–छोराको मृत्यु

गोरखा - धार्चे गाउँपालिका–१ हुल्चोक बस्ने ७५ वर्षीया कान्छी गुरूङ र उनकै छोरा ३९ वर्षीय चन्द्रसिहं गुरूङको आगलागीमा जलेर शनिबार राति मृत्यु भएको छ ।

कान्छी गुरूङको ढुङगा माटोको गारो एवम् जस्ताको छानो भएको एकतले घरमा आगलागी हुँदा घरमा सुतिरहेका दुवै जनाको जलेर मृत्यु भएको बताइएको छ । आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×