काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभर गरेको छनोट प्रतियोगिता पार गरेका खेलाडी समेटेर मुख्य प्रशिक्षक मेघराज केसीले ४० सदस्यीय यू-२० प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा गरेका छन्।
आसन्न यू-२० साफ च्याम्पियनसिप र एएफसी यू-२० च्याम्पियनसिप छनोटको तयारीका लागि नेपालले राष्ट्रिय टिम बनाएर प्रशिक्षण सुरु गर्न लागेको हो। यू-२० साफ च्याम्पियनसिप साउन ९ देखि २० गतेसम्म भारतको भूवनेश्वरमा हुँदैछ। एएफसी यू-२० च्याम्पियनसिपको छनोट प्रतियोगिता सेप्टेम्बरमा बहराइनमा हुँदैछ।
प्रशिक्षक केसीले सोमबारदेखि टिमको प्रशिक्षण सुरु गरिने जानकारी दिएका छन्।
प्रारम्भिक टिमः
गोलरक्षक- ईश्वर गुरुङ, उनेश चौधरी, शौरभ कार्की, जियारथ शेख, अमरबहादुर नेवार र टोपबहादुर राना,
डिफेण्डर- अकिव हक, जाम ताम्ली, खेमराज श्रेष्ठ, अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमन श्रेष्ठ, आश्विन भट्टराई, सृजन दानी, रोहन थापा, राज थोकर र अभिशेक वाइबा,
मिडफिल्डर- प्रदीप लम्साल, दीपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, सन्जीव लामा, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, पृतन स्याङतान, राकेश विश्वकर्मा, विनय बस्नेत क्षेत्री, सुगम सुवाल र मनग्य नकर्मी,
फरवार्ड- राज भुसाल, दीपेश राई, माल्दिना अंगथुपो, निराजन मल्ल, रोहन खड्गी, रोहित सुब्बा र जविन्द्र भट्टराई।