५८ वर्षमा राजेश हमालले काटे १८ औं जन्मदिन लेखिएको केक

काठमाडौँ - अभिनेता राजेश हमालले ५८ औं जन्मदिन विभिन्न कार्यक्रमसहित मनाएका छन्। जन्मदिन मनाउन विभिन्न संस्था, सेलिब्रिटी र ब्रान्डले बर्थडे समारोह आयोजना गरेका थिए।

भक्तपुरमा आयोजित कार्यक्रममा उनले आफू अभिनित म्युजिक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरे। उक्त अवसरमा हमालको बर्थडे केक काटिएको थियो।

कार्यक्रममा टाँसिएको पोस्टरमा हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो। यसबारे तपाईको कतिऔं जन्मदिन भन्ने प्रश्नमा हमालले ठट्टा गर्दै भने, ‘म जब १८ वर्ष पुगेको थिएँ, त्यो समयदेखि उमेर गन्न छाडिदिएँ। त्यसैले १८ लेखिएको होला।’

हमाल ब्रान्ड एम्बेसडर रहेको ब्रान्ड जिपले पनि केक काट्ने कार्यक्रम आयोजना गरेको थियो। सेलिब्रिटी र फ्यानले पनि उनलाई भेट्दै जन्मदिनको शुभकामना दिएका थिए। २०० भन्दा बढी फिल्ममा अभिनय गरेका हमाललाई सामाजिक सञ्जालबाट पनि शुभकामना र बधाई प्राप्त भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×