दक्षिण कोरियाको दक्षिणी टापुमा ४.९ म्याग्निच्युडको भूकम्प

दक्षिण कोरिया। दक्षिण कोरियाको दक्षिणी टापु जेजुमा मङ्गलबार दिउँसो ४.९ म्याग्नीच्युडको भूकम्प गएकामा अहिलेसम्म कुनै क्षति नभएको एसियाली देशको मौसम विभागले जनाएको छ। साँझ ५ बजेर १९ मिनेटमा भूकम्प गएको थियो। स्थानीय समय (0819 GMT) कोरिया मौसम प्रशासन (KMA) को अनुसार जेजु टापुको सिइओग्विपो शहरको जलक्षेत्रमा उक्त भूकम्प गएको हो। भूकम्पको केन्द्र ३३.०९ डिग्री उत्तरी अक्षांश र १२६.१६ डिग्री पूर्वी देशान्तरमा रिपोर्ट गरिएको थियो। जसको गहिराई समुद्रको तल १७ किलोमिटर थियो। सुनामीको चेतावनी भने जारी गरिएको छैन। यद्यपि कमजोर माटो भएका क्षेत्रमा क्षति हुन सक्ने केएमएले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×