ट्रिटन कलेजले जित्यो टी-१० क्रिकेटको उपाधि

काठमाडौँ - ट्रिटन इन्टरनेसनल कलेजले टी-१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा मणिमुकुन्दलाई १ विकेटले हराउँदै ट्रिटनले प्रतियोगिताको उपाधि जितेको हो।

बिहीबार पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनाएको थियो। जवाफमा ट्रिटनले ९.४ ओभरमा लक्ष्य भेट्टाएको थियो। 

ट्रिटनका योगेन्द्र सिंह कार्की फाइनलको ‘म्यान अफ द म्याच’ बने। ट्रिटनका दिलिप नाथ ‘म्यान अफ द सिरिज’ घोषित भएका थिए।

गोल्डेनगेटका सन्देश कार्की उत्कृष्ट ब्याटर भए भने गोल्डेनगेटकै रूपेश सिंह उत्कृष्ट बलर भएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×