कुवेतमै बसे प्रशिक्षक अल्मुताइरी

काठमाडौँ - एएफसी एसिया कप छनोट खेल्न कुवेत पुगेको नेपाली टोली बुधबार त्यहाँबाट फर्किएपनि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने उतै बसेका छन्। उनी विदा बसेको बुझिएको छ। प्रतियोगिताका क्रममा अल्मुताइरी बेहोस भएर ढलेका र उनि बिरामी पनि थिए।

अब उनि कहिले फर्किन्छन् या फर्किदैनन् भन्ने चासोको बिषय बनेको छ।

छनोटमा नेपालले तीनवटै खेल हारेको थियो। पहिलो खेलमा जोर्डनसँग २-० र दोस्रो खेलमा कुवेतसँग ४-१ गोलले पराजित भएको नेपालले तेस्रो खेलमा इन्डोनेसियासँग ७-० गोलको पराजय व्यहोरेको थियो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×