काठमाडौँ - उत्तम सञ्जेलद्वारा निर्देशित तथा मिथिला शर्मा अभिनित सर्ट फिल्म ‘सन्तान’ सार्वजनिक भएको छ। मिथिला शर्माको मुख्य भूमिका रहेको यस फिल्ममा अजय अधिकारी ‘सुशील’, साक्षी लम्साल, सन्दिप श्रेष्ठ, पुष्प अवस्थी, सरस्वती अधिकारी, रविन दोङ लगायत कलाकारको अभिनय देख्न सकिन्छ।
फिल्मको छायाङ्कन दुर्गा पौडेलले गरेका हुन्। नविन घर्ती मगरको सम्पादनमा रहेको फिल्ममा कथा, पटकथा, संवाद पनि निर्देशक उत्तम सञ्जेलले नै तयार पारेका हुन्। १७ मिनेट लामो यो फिल्मलाई ओएसआर डिजिटलले बाहिर ल्याएको हो।