गठबन्धनले प्रधानन्यायाधीशको राजीनामा मागेको र महाभियोग लाउने तयारी गरेको कुरा सत्य होइन : नेतृ दुर्गा पौडेल

काठमाडौँ। सत्तारुढ गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाकी सांसद तथा नेतृ दुर्गा पौडेलले गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेकी छिन्।

आज राति ९ बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएको बताईएको छ। आज गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको कुरा आएको थियो। तर, उक्त समाचारमा कुनै सत्यता नभएको पौडेलको स्पष्टोक्ति थियो।

कुराकानीको क्रममा उनले भनेकी छिन्–‘हामीले प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको छैन। गठबन्धनले महाभियोग लगाउनेबारे पनि कुनै छलफल गरेको छैन्।’ यद्धपी उनले प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण भएर अस्पताल भर्ना भएकोले अहिले विदामा बस्नुपर्ने र कायममुकायम तोक्नुपर्नेबारे कुरा उठेको सुनाईन्।

उनले भनिन्,‘बरु, अहिले उहाँ अस्पतालमा रहेकोले कायममुकायमको विषयमा कुरा उठेको मात्र हो, अरु विषयमा कुनै छलफल भएकै छैन्।’ उनले संसद् विघटन भएको अवस्थामा त्यसलाई बदर गरेर संसद् पूनःस्थापना गरेर प्रतिगमन सच्याउने काम प्रधानन्यायधीश जबराबाट भएको भन्दै उनको प्रशंसा गरेकी थिईन्।

साभार: रिपोर्टर्सनेपाल

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×