अमेरिकी एनिमल फिल्म फेस्टिभलमा ‘गड्ज बफेलो'

काठमाडौँ। अमेरिकी एनिमल फिल्म फेस्टिभलमा विष्णु कल्पितको निर्देशनमा बनेको डकुमेन्ट्री चलचित्र ‘गड्ज बफेलो' छानिएको छ। चलचित्रले काठमाडौँ पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा उत्कृष्ट डकुमेन्ट्री र इसिमोड पर्वतीय पुरस्कार समेत हात पारिसकेको छ। जसबाट चलचित्रले २ लाख रुपैयाँ प्राप्त गरेको थियो। त्यसैगरि निफमा पनि चलचित्र छानिएको थियो। 

कार्यक्रम नोभेम्बर २५ देखि २७ सम्म अमेरिकामा आयोजना हुनेछ। जहाँ सो चलचित्र स्क्रिनिङ हुनेछ। चलचित्र १४ मिनेट २० सेकेन्डको रहेको छ। जसले असारमा सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले बगाएको भैँसीको उद्दारका लागि भएको प्रयास र भैँसी मालिकको सम्वेदना देखाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×