जनता आवास कार्यक्रम प्रभावित

काठमाडौँ - जनता आवास भवनको लाभग्राही सूचीमा आफ्नो पनि नाम परेको सुनेपछि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका– १ का सुरज मरिक डुमको खुसीको सीमा नै थिएन। 

सप्तकोशी नदीको छेउमा रहेको कोशी पोजेक्टको बाँधमा छाप्रो हालेर वर्षाैदेखि पाँच जनाको परिवारसहित बस्दै आएका मरिकलाई पक्की घरको मालिक बन्ने भएपछि खुसीले गदगद बनायो। जनता आवासको घर बनाउने जग्गा नपाउँदा अहिले मरिक परिवार चिन्तामा छन्। “दुई वर्षअघि जनता आवासको लाभग्राही सूचीमा तपाईको पनि नाम परेको एक जना कर्मचारीले आए सुनाउँदा त्यतिखेर खुसी गदगद भइयो”, मरिकले भने, “तर आफ्नो नम्बरी जग्गा नहुँदा अझै घर बन्ने सुरसार देखिदैन्।”

कर्मचारीलाई आफ्नो घरबारे भन्दा जग्गा देखाइदिनुस्, घर बनाइदिन्छौँ भन्ने गरेको उनको गुनासो छ। छनोट भएर पनि जग्गाको अभावमा घर बन्न नसक्दा कहीँ आफ्नो घर फिर्ता त जाँदैन भन्ने ठूलो चिन्ता लागेको मरिकले दुखेसो पोखेका छन्। पुस्तौंदेखि एलानी जग्गामा फुसको घर बनाएर जीवन गुजारा गर्दै आएका राजविराज नगरपालिका– ६ निवासी केबल मेहतरको परिवार पनि यतिबेला ठूलो तनावमा छ। अब पक्की घरमा सुत्न पाउने आशमा रहेका उनको परिवारलाई यतिबेला त्यो सपना पनि पूरा नहुने हो कि भन्ने चिन्ताले पिरोलिरहेको छ।

“घर बनाउने जग्गा नपाउँदा फुसको छाप्रोबाट पक्की भवनको मालिक बन्ने आफ्नो सपना केबल सपनामै सीमित हुने हो कि भन्ने चिन्ता बढेको छ”, मेहतरले भने, “चारैतिर घर बनाउन जग्गा खोज्यौं, तर कहीँ पाउन सकिएन।” जनप्रतिनिधिलाई समेत गुहारे तर जग्गा नपाएपछि निराश भएको उनको कथन छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×