बुद्धशान्तिको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

झापा - झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ।

कांग्रेसका मनोज प्रसाई ११४०३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष नेकपा एमालेकी मिरा भूर्तेलले ८३०२ मत प्राप्त गरिन्। जुन ३१०१ को मतान्तर हो। त्यस्तै अध्यक्षका अन्य उम्मेदवारहरुमा राप्रपाका ध्रुवप्रसाद कोइरालाले १६०३, मंगोल नेशनल अर्गनाइजेसनका खड्गबहादुर तामाङले २२६, जनता समाजवादी पार्टी, नेपालका दुर्गाहाङ्ग नेम्वाङ्ग (लिम्वु)ले ११६ मत ल्याएका छन्।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका भवानीप्रसाद खतिवडा निर्वाचित भएका छन्। ८०७४ मत प्राप्त गरेका खतिवडाले नेकपा माओवादी केन्द्रका खड्गबहादुर तिम्सिनालाई २८५८ मतले पराजित गरे। तिम्सिनाले ५२१६ मत ल्याए। त्यस्तै स्वतन्त्र उम्मेदवार भिमकुमार नेवारले २८०४, राप्रपाकी इन्दीरा रिजालले २००६,स्वतन्त्र योगकुमारी पराजुलीले ५३३, मंगोल नेशनल अर्गनाइजेसनकी बुधमाया लिम्बूले २४३ र एकिकृत समाजवादीकी पुजन कोइरालाले १७२ मत ल्याएका छन्।

वडाध्यक्षतर्फ वडा नं १ मा एमालेका अनिल वाग्ले , २ मा कांग्रेसका डिल्लीप्रसाद ओली , ३ मा एमालेका पर्शुराम चेम्जोङ सुब्बा, ४ मा कांग्रेसका सेरबहादुर राय, ५ मा काँग्रेसकै डेगेन्द्र कार्की र ६ मा पनि कांग्रसकै शिवराज पौड्याल र ७ मा एमालेका चन्द्रप्रसाद भण्डारी निर्वाचित भएका छन्। ७ वटा वडा भएको बुद्धशान्तिमा कांग्रेसले अध्यक्षसहित १३ ,एमालेले उपाध्यक्षसहित २३ र राप्रपाले एउटा सिट जितेको हो। एमालेले दुईतिहाई पुर्याउन सकेको छैन।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×