नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित

काठमाडौँ - अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन्। 

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ। लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्बर १५ देखि अमेरिकाको परराष्ट्र सेवामा दक्षिण तथा मध्य एसियाका लागि मुख्य सहायकमन्त्रीको भूमिकामा कार्यरत रहेका छन्। उनको  नियुक्तिलाई सिनेटले अनुमोदन गरेपछि नेपालका लागि राजदूत नियुक्त हुने व्यवस्था रहेको छ। परराष्ट्र सेवामा लामो समय काम गर्नुभएका थम्सनको राजदूतको भूमिकामा नियुक्त भएको पहिलोपटक हो। यसअगाडि उनीसँग मलेसियाको राजधानी क्वालालम्पुरमा चिफ अफ मिशन भएर काम गरेको अनुभव रहेको छ। त्यस्तै, यसअघि रोमानियाका लागि उपनियोग प्रमुख भएर काम गरेका थम्सनले विभिन्न पदमा रहेर भारत, श्रीलङ्कालगायत देशमा स्टेट डिपार्टमेन्ट हेरेको अनुभव पनि उनीसँग रहेको छ।

अमेरिकी विदेशमन्त्रीहरुलाई सिधा सहयोग, चौबिसै घण्टा खुला हुने अपरेशन सेन्टर लगायतका विभिन्न इकाइमा बसेर देश सेवा गरेका थम्सनले परराष्ट्र सेवाभन्दा अघि रक्षा मन्त्रालय मातहत रहेर काम गरेको अनुभवसमेत रहेको छ।युनिभर्सिटी अफ मेरिल्यान्डको पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेशनल सेक्युरिटी स्टडीमा स्नातकोत्तर उपाधि ग्रहण गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×