नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेट आजदेखि

पोखरा - नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट आइतबार पोखरा क्रिकेट रंगशालामा सुरु हुँदैछ। प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ देखि हुने भए पनि महिला क्रिकेट अगाडि नै सुरु हुन लागेको हो। पहिलो दिन समूह ‘ए’ का गण्डकी प्रदेश र मधेस प्रदेश तथा सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा ७ प्रदेश र २ विभागीय टोली गरी ९ टोली सहभागी छन । त्यसलाई २ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा गण्डकी, मधेस, सुदूरपश्चिम, वाग्मती प्रदेश र एपीएफ क्लब रहेका छन्। समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली, लुम्बिनी र प्रदेश १ रहेका छन्।

एनआरएनए र त्रिभुवन आर्मी क्लबले भने महिला क्रिकेटमा सहभागिता जनाएका छैनन्। समूहका शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनल पुग्नेछन्।

पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न भइसकेको छ। नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै स्वर्ण पदक जितेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×