सल्यानमा १३ दिनकी सुत्केरीको घाँटी रेटी हत्या गरी श्रीमानले गरे आत्महत्या

सल्यान । सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान पनि घर नजिकै रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । उनका अनुसार आज बिहान करिब ४ बजेको समयमा सुत्ने कोठामा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×