सत्ता साझेदारदलद्वारा उम्मेदवार बाँडफाँड

पाल्पा - पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन्। नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ।

कांग्रेसले रामपुर र तानसेन नगरपालिका सहित निस्दी , माथागढी, बगनासकाली र रैनादेवी छहरा गाउँपालिकामा प्रमुख , माओवादी केन्द्रले  तिनाउ  र रिब्दीकोट गाउँपालिका तथा एकीकृत समाजवादीले पूर्वखोला र रम्भा गाउँपालिकामा अध्यक्ष पाएको जनाइएको छ। कांग्रेसका पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा भागबण्डाको टुङ्गो लगाएको जानकारी दिए। 

उनका अनुसार कांग्रेसको भागमा उपप्रमुख–उपाध्यक्ष पदका लागि रामपुर नगरपालिका, पूर्वखोला, रम्भा, माथागढी, तिनाउ र रिब्दीकोट गाउँपालिका परेको छ। यसैगरी माओवादी केन्द्रको भागमा निस्दी , रैनादेवी छहरा र तानसेन नगरपालिका परेको भने एकीकृत समाजवादीको उपाध्यक्ष पदका लागि बगनासकाली गाउँपालिका परेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×