खडकलाई बाहिर राख्दै राजुको कप्तानीमा सुदूरको टोली घोषणा

काठमाडौँ - विकेटकिपर राजु रिजालको कप्तानीमा सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ।

घोषणा टोलीमा नेपाली यू-१९ टोलीबाट खेलि सकेका तथा पूर्व कप्तान खडक बहादुर बोहरालाई बाहिर राख्दै नयाँ खेलाडीलाई मौका दिएको छ। खडकको पछिल्लो समय प्रदर्शन भने कमजोर रहँदै आएको छ।

प्रादेशिक छनोटको प्रदर्शनलाई आधार मान्दै सुदूरले टोली घोषणा गरेको छ। घोषणा टोलीमा राजुसँगै नारायण जोशी, शेर मल्ल, हेमन्त धामी र नरेन्द्र साउद लगायतका खेलाडी रहेका छन्।

सुदूरपश्चिम प्रधानमन्त्री कपमा समूह ए मा रहेको छ। समूह ए मा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम रहेका छन्। प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ सम्म मुलपानी मैदानमा हुनेछ।

सुदूरले पहिलो खेल कार्तिक १४ मा गण्डकीसँग टियुमा खेल्दै सुरुवात गर्नेछ। कार्तिक १५ मा मुलपानीमा एपिएफ, कार्तिक १८ मा टियुमा आर्मी र कार्तिक २१ मा कर्णालीसँग मुलपानीमा खेल्नेछ। शीर्ष २ मा रहन सके सेमिफाइनल खेल्नेछ। यता समूह बी मा नेपाल पुलिस क्लब, बागमती, मधेश, प्रदेश १ र लुम्बिनी रहेका छन्।

सुदूरपश्चिमको टोलीमा:

राजु रिजाल (कप्तान), बसन्त्र खत्री (उपकप्तान), नारायण जोशी, शेर मल्ल, बसन्त कार्की, हेमन्त धामी, मिलन बोहरा, दीपक टमाटा, गजेन्द्र बोहरा, विरेन्द्र नाथ, नरेन्द्र साउद, कैलाश ऐर, टेक रावल र गजेन्द्र भण्डारी।

वैकल्पिक खेलाडी: खडक बहादुर बोहरा, विरेन्द्र बम, कृष्ण भट्ट र स्मित बुढा।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×