मुम्बईका सूर्यकुमार यादवले आईपीएलको बाँकी खेल गुमाउने

काठमाडौँ - चोटका कारण मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादवले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल गुमाउने भएका छन्।

मिडल अर्डर ब्याट्सम्यान यादवको बायाँ हातको नाडीमा चोट लागेको कारण उनले आईपीएलका बाँकी खेल गुमाउन परेको हो।

गत मे ६ मा गुजरात टाइटन्सविरुद्धको खेलमा यादवलाई चोट लागेको थियो। यादवले सोमबार राति भएको कोलकाता नाइट राइडर्सविरुद्धको खेल पनि गुमाएका थिए।

त्यस खेल अघि नै मुम्बई इन्डियन्सले स्टेटमेन्ट जारी गर्दै सूर्यकुमार यादव टिम बाहिर रहने जानकारि दिएको थियो।

सूर्यकुमार यादवले यस सिजन मुम्बईका लागि ८ खेल खेल्दै ३ अर्धशतको मद्दतमा ३०३ रन बनाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×