आजको मौसम पूर्वानुमान

काठमाडौँ - हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान देशका पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।

आज  दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।  राती प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतः सफा रहनेछ। 

तराई  भू-भागमा हुस्सु तथा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×