स्थानीय जनप्रतिनिधिको कार्यकाल उपलब्धिमूलक भएको जिकिर

काठमाडौँ - मुलुक सङ्घीयतामा प्रवेश गरेपछिको स्थानीय तहको पहिलो कार्यकाल उपलब्धिमूलक भएको जनप्रतिनिधिले जिकिर गरेका छन्।

पाँचवर्षे कार्यकालमा स्थानीय तहमा उपलब्धिमूलक गरिएको नगरपालिका प्रमुख तथा गाउँपालिकाका  अध्यक्षहरूले बताएका हुन्। खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सङ्घीयता कार्यान्वयनमा नेपाल नमूना भएको बताउँदै पूर्वाधारको काम राम्रो भएको उल्लेख गरेका छन्। उनले तीन तहको सरकारबीच विश्वासको कमी हुँदा कतिपय कुरामा समस्या आउने गरे पनि आफ्नो जिम्मेवारी मात्र पूरा गरे मत्र पनि तोकिएका लक्ष्य पूरा हुने बताए। स्थानीय तहको यो पहिलो पाँच वर्ष सिकाइको कार्यकाल रहेको औँल्याउँदै सिक्दै कार्यान्वयन गर्दै आगामी नेतृत्वका लागि सबै आधार तय गरिएको अध्यक्ष कक्षपतिको भनाइ छ। जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले भौतिक पूर्वाधार विकासको दृष्टिकोणले पाँच वर्ष उपलब्धिमूलक रहेको बताए। उनले स्थानीय तहमा विषयगत समिति र शाखा बीचको समन्वय दरिलो पारेर काम गर्न सके जनताका काम अझै गर्न सकिने बताए। बाँकेका स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँचवर्षे  कामको अनुभव तथा सुझाव आदानप्रदान गरिरहेको छ।

जनप्रतिनिधिको पहिलो कार्यकालमा स्थानीय तहमा उपलब्धिमूलक काम भए पनि उपलब्धि अभिलेखीकरण र पेस्की तथा बेरुजुको समस्या प्रायः सबै स्थानीय तहको समस्या रहेको मन्त्रालयका उपसचिव तुलसीराम अर्यालले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×