स्कटुरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी - धरान उपमहानगरपालिका–१७ रेल्वेस्थित सडकमा प्र.१–०२–०५ प ८७५३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३९ वर्षीया रत्न कुमारी राईको मृत्यु भएको छ । 

स्कुटरले सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मंगलबार दिँउसो उपचारको क्रममा मृत्यु भएको हो । तत्काल फरार रहेका स्कुटर चालकलाई प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×