काठमाडौँ - अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत तनहुँले बुधबार अभिनेता शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले जनाएको छ।
स्रोतअनुसार पललाई आजै पक्राउ गरी तनहुँ पठाइने बताईएको छ। '
पल शाहले नाबालिक गायिकामाथि यौन शोषण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौडा भएकाले किशोरीले तनहुँमा पीडित युवतीका बुबाले तनहुँमा किटानी जाहेरी दिएका थिए।
उनीहरूको सम्बन्धका बारेमा लामो समयदेखि गसिप भइरहेको थियो।
जाहेरी लगत्तै उनले मेडिकल चेकअप गराएकी छन्। एउटा म्युजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ। १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन्।
पलले गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्ने क्रममा पटकपटक जबरजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ।