युक्रेनलाई हराउँदै स्कटल्यान्ड शीर्ष स्थानमा

काठमाडौँ - युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘बी’ ग्रुप वानको खेलमा स्कटल्यान्डले युक्रेनलाई ३-० ले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ।

बुधबार राति भएको खेलमा ३ जित र १ हारसहित स्कटल्यान्ड ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो। समान खेलमा २ जित, १ हार र १ बराबरीको नतिजा निकालेको युक्रेन दोस्रो स्थानमा झरेको छ। तेस्रो स्थानको आयरल्यान्डको ४ खेलमा ४ अंक छ भने समान खेलमा चौथो स्थानको अर्मेनियाको ३ अंक रहेको छ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ७० औँ मिनेटमा कप्तान जोन म्याकगिनको गोलमा स्कटल्यान्डले अग्रता लिएको थियो। ८० औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका लेन्डन डाइक्सले अग्रता दोब्बर बनाएका थिए। उनले नै अर्को पनि गोल गरेका थिए।

अन्तिम समयमा लगातार गोल गरेको स्कटल्यान्डले तेस्रो गोल ८७ औँ मिनेटमा डाइक्सले सम्भव बनाएका थिए।

समूहचरणमा अब सबै टिमले २-२ खेल खेल्न बाँकी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×