साफ यू-२०: आज नेपाल र भारत भिड्दै

काठमाडौँ - भारतमा जारी साफ यू-२० च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दै छ। भारतको भुबनेश्वरमा हुने नेपाल भारतको खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ।

२ खेल जितेको नेपालले तेस्रो जितका लागि भारतसँग खेल्न लागेको हो। नेपालले यसअघि मालदिभ्सलाई ४-० र श्रीलङ्कालाई ३-० ले पराजित गरेको थियो।

पहिलो खेलमा बङ्गलादेशसँग २-१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलङ्कालाई ४-० ले पराजित गरेको थियो।
फाइनल पुग्नका लागि नेपाल र भारत दुवैलाई यस खेल महत्त्वपूर्ण छ।

सानदार सुरुवात गरेको नेपाल घरेलु टोली तथा साविकको विजेता भारतलाई रोक्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ। भारतलाई हराउन सके नेपाल एक खेल बाँकी छँदै फाइनलमा पुग्नेछ।

भारत च्याम्पियनसिपको साविक विजेता हो भने नेपाल सबैभन्दा सफल टोली हो। त्यसैले यी दुई टोली एकआपसमा भिड्दा खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। जुनसुकै स्तरको खेल भएपनि नेपाल र भारतबीचको खेल सबैका लागि विशेष हुने गर्दछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×